हृदयाघात भएका व्यक्तिलाई बाटैमा झारेर फरार चालक पक्राउ

344
  •  
  •  
  •  

काठमाडौं, १५ चैत(ओएनएस) : हृदयाघात भएका एक व्यक्तिलाई ट्याक्सीबाट बाटैमा झारेर फरार ट्याक्सी चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा मेलुङ स्थायी घर भएका ट्याक्सी चालक  कमलबहादुर श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

अस्पतालमा उपचार गराएर गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जितघटना यहि चैत १३ गते साढे ११ बजेको ट्याक्सीमा घर फर्किंदै थिए । बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा बाबुलाई राखेर छोरा प्रवीण मोटरसाइकलमा घर फर्किए ।

ट्याक्सीमै हृदयाघात भएर छटपटिन थालेपछि चालक श्रेष्ठले जबरजस्ती ट्याक्सीबाट उनलाई चाबहिल चोकको भुइँमा झारेर फरार भएका थिए ।

बटुवाले बिरामीलाई मेडिकेयर अस्पतालमामा पुर्याएपनि उनको मृत्यु भएको थियो । प्रहरीले सिसी टिभी फुटेको आधारमा पहिचान गर्दै शुक्रबार पक्राउ गरेको हो प्रवक्ता बोगोटीले बताए ।


  •  
  •  
  •