सहायक वन अधिकृत घूससहित पक्राउ

396
  •  
  •  
  •  

मोरङ, १५ चैत(ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घूससहित पक्राउ गरेको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई टोलीले पक्राउ गरेको हो ।

लाटी झोडा साझेदारी वनसमेत हेर्ने जिम्मेवारी पाएका अन्सारीले काठ दाउरा काट्न सहमति दिने नाममा उपभोक्ता समितिबाट रकम मागेका थिए ।

पटक–पटक उपभोक्ता समितिलाई विभिन्न नाममा रकम लिने गरेको गुनासो आउने गरेको आधारमा अख्तियारको टोलीले पिछा गर्दै उनलाई डिभिजन वन कार्यालयबाटै ३५ हजारसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा आएको टोलीलाले उनलाई कार्यालयबाट नगदसहित पक्राउ गरेको हो ।


  •  
  •  
  •