कर्डन एण्ड विशेष सर्च अप्रेशन : १६ ग्राम खैरो हिरोइनसहित २ जना पक्राउ

333
  •  
  •  
  •  

काठमाडौं, १३ चैत(ओएनएस) : काठमाडौं नयाँ बसपार्कबाट प्रहरीले १६ ग्राम खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुर निवासी रमेश बस्नेत र शेरसिंंह रोकाया रहेको रहेका छन् ।  प्रहरीले प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई नियन्त्रण गर्न तथा सामाजिक विकृति, विसंगति र गुण्डागर्दी लगायत अन्य आपराधिक घटनाहरु नियन्त्रण गर्न आकस्मिक ‘कर्डन एण्ड विशेष सर्च अप्रेशन’ अभियान सञ्चालन गरेको छ ।

सोही क्रममा प्रहरीले १६ ग्राम खैरो हिरोइनसहित वस्ती र रोकायालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस्तै प्रहरीले बालाजुवाट १ थान खुकुरी, फलामको रड र १ सय ३९ थान डाईजापाम, फेनारगन, नरफिन सहीत मनमैजु वस्ने सन्तोष तामाङ र अभयलाई पक्राउ गरेको छ ।  यस्तै बौद्ध नागेश्वरी गल्ली र गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बाहुनधाराबाट प्रहरीले घरेलु मदिरा ४०० लिटर र तयारी घरेलु मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ समेत बरामद गरेको जनाएको छ ।


  •  
  •  
  •