साढे पाँच करोड रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

391
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : गृह मन्त्रालयको बहालवाला सहसचिव हुँ भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादव रहेका छन् । उनलाई प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिकाको एक रिसोर्टबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम असुलेका थिए । परिसरमा ती व्यक्ति विरुद्ध जाहेरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रतिव्यक्ति पाँच लाख देखि १५ लाख रुपैयाँसम्म असुल गरेको जाहेरी परेको छ । सोही जाहेरीपछि उनलाई पक्राउ गरिएको हो ।

सत्येन्द्र यादव उर्फ वीरेन्द्र अधिकारी वीर अस्पतालको सातौँ तहका डार्करुम टेक्निसियन रहेको बताइएको छ ।


  •  
  •  
  •