६० हजार घूससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

327
  •  
  •  
  •  

काठमाडौं, ८ चैत(ओएनएस) : वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल ६० हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फुयाँललाई गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकबाट घूससहित पक्राउ गरेको हो ।

नासु फुयाँलले वैदेशिक रोजगार लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज विरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाएर डरधम्की देखाई घूस मागेको बताइएको छ ।
फुयाँलले सेवाग्राहीसँग ६० हजार घूसबापतको रकम लिएर जोरपाटी चोकमा फलफुल पसल गर्ने ध्रव खड्कालाई राख्न दिएका थिए ।

फलफुल पसलेलाई पैसा राख्न दिएको केही समयपछी गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारमा खड्कालाई राख्न दिएको पैसा लिन पुगेका सापकोटलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोईरालाले जानकारी दिएका छन् ।


  •  
  •  
  •