अवैध सुनसहित चारजना पक्राउ

236
  •  
  •  
  •  

काठमाडौं, ५ चैत(ओएनएस) : महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चारजनालाई नियन्त्रणमा लिएको छ ।

विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई रहेका छन् ।

पक्राउ परेकामध्ये राउत र पटेलसँग १० लाख १५ हजार रुपैयाँ मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग १७ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।


  •  
  •  
  •