प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

1321
  •  
  •  
  •  

काठमाडौं, २ चैत(ओएनएस) : प्रहरीलाई घुस दिन खोज्ने दुई जना काठमाडौंको गोठाटारबाट पक्राउ परेका छन् ।

चेक गर्ने क्रममा ५ सय रुपैयाँ घुस दिँदै गर्दा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारबाट पक्राउ परेका हुन् ।

बिनाकागजपत्र बा४५प ९६३३ नम्बरको मोटरसाइकल चलाएका ओखलढुङगाका अर्जुन बुढाथोकी र मोटरसाइकल पछाडी बसेका भेषबहादुर थापालाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।


  •  
  •  
  •