घूससहित पक्राउ

302
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन(ओएनएस) : सव डिभिजन बन कार्यालय कैलालीका सहायक बन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशी घूसलिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुलाई घूससहित पक्राउ गरेको हो । अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिने भनी ३० हजार घूस लिएको आरोपमा शाह र जोशीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

घूसबापतको रकम लिइसकेको अवस्थामा बन कार्यालय परिसरबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग घूस मागिरहेको सूचना आएपछि आयोगको कञ्चनपुरस्थित कार्यालयबाट टोली खटिएको थियो । पक्राउ परेका दुबैमाथि अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •