गाडी नै लिएर चोर्न हिँड्ने तीन जना पक्राउ

497
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन(ओएनएस) : प्रहरीले गाडी नै लिएर चोर्न हिँड्ने तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप सुनापाती–५ घर भएका ४१ वर्षीय ओमराज श्रेष्ठ, काठमाडौं पुरानो बानेश्वर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ३५ वर्षीय पारस प्रसाद र ३२ वर्षीय सन्तोष पोद्दार रहेका छन् ।

उनीहरुलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित कर्णबहादुर चौलागाईंको हार्डवेयर पसलबाट अपरिचित व्यक्तिहरुले फागुन २१ गते मंगलबार विभिन्न सामानहरु चोरी गरेका थिए । अनुसन्धानबाट बा १ ज २१९२ नम्बरको ट्याक्सी चोरीमा संलग्न भएको खुल्न आएपछि ट्याक्सी चालक ओमराज श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
श्रेष्ठलाई सोधपुछ गर्ने क्रममा उनको बयान अनुसार काठमाडौं महानगरपालिका–३१ डेरा गरी बस्ने पारस प्रसाद र सन्तोष पोद्दारलाई चोरी गरी लुकाइछिपाई राखेका विभिन्न सामानसहित फेला पारिएको हो ।

प्रहरीले उनीहरुको डेराबाट बाथरुम तथा धारामा प्रयोग गरिने विभिन्न सामानहरु ३८ बोरा, चाँदीका विभिन्न किसिमका भाडाकुँडा ९ किलो ५ सय ग्राम र नगद ७० हजार रुपैयाँ तथा सामान ओसारपसार गर्न प्रयोग भएको बा १४ च ७२६९ नम्बरको भ्यानसमेत प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •