स्रोत नखुलेको नेपाली रुपैयाँसहित २ जना प्रहरी नियन्त्रणमा

449
  •  
  •  
  •  

बाँके,२३ फागुन (ओएनएस) : नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित पासाङलामुमार्ग सडकबाट स्रोत नखुलेको ३५ लाख ४४ हजार नेपाली रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतबहराईच ठाना रुपैडिहा बस्ने ३० वर्षीय रबिस पाठक र बाँके नेपालगंजउपमहानगरपालिका–१६ बस्ने १२ वर्षीय छोटु भन्ने निकेश तिवारी रहेका छन् ।  उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपि ३२ जेटी ८२४४ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा चालक पाठक र मोटरसाइकलमा सवार तिवारीलाई तलासी गर्दा उनीहरुले कम्मल, पाईन्ट, जुता रमोजामा लुकाई राखेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •