दुई किलो सुनसहित पक्राउ

316
  •  
  •  
  •  

कैलाली, २३ फागुन(ओएनएस) : २ किलो ३ सय ग्राम सुनसहित प्रहरीले कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ ।

चिसापानीमा चेकजाँचका क्रममा बुधबार राति २ किलो ३ सय ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढीका व्यापारी रमेश कुमार शैजु रहेका छन् ।

शैजुसँगै गाडीमा रहेकी सीता चौधरीलाई पनि सोधपुछका लागि समातिएको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए ।

उनीहरुले सुन ल्याउदै गरेको बा १९ त ७४१३ नम्बरको गाडी पनि बरामद गरिएको छ ।
शैजुले काठमाडौंबाट सुन खरिद गरेर ल्याएको दावी गरिरहेको प्रहरीले जनाएको छ । तर, शैजुसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको बिल भेटिए पनि एक किलो सुनको बिल भने छैन ।


  •  
  •  
  •