लुटपाटको आरोपमा दुई जना पक्राउ

94
  •  
  •  
  •  

काठमाडौं । पठाओ राइडरलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोले लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीका २१ वर्षीय सुमन तामाङ र खोटाङको हलेसीका २६ वर्षीय मनराज राई छन्।
उनीहरुले पठाओ राइडर उदयपुर गाईघाट घर भई काठमाडौंमा बस्ने २५ वर्षीय प्रविन राईलाई कुटपिट गरी लुटपाट गरेको आरोप छ ।
उनको मुखमा पनि पट्टी लगाएर सडकबाट तल एकान्त झाडीमा फालेर दुबै जना मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •