सिनामंगलबाट ११ अफगान नागरिक पक्राउ

74
  •  
  •  
  •  

प्रतिकात्मक तस्बिर

काठमाडौं । काठमाडौं सिनामंगलबाट ११ जना अफगान नागरिक पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार बिहान उनीहरु बसेको घरमा छापा हानेर पक्राउ गरेको हो ।
सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।

अफगान नागरिक सुनौली नाकाबाट नेपाल भित्रिएको सूचना ढिलो गरेर सुरक्षा संयन्त्रले पाएको थियो । आइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।


  •  
  •  
  •