लमजुङमा अवैध जडिबुटीसहित ३ जना पक्राउ

164
  •  
  •  
  •  


लमजुङ । प्रहरीले लमजुङ बेशीसहरबाट ५४ लाख रुपैयाँ मुल्य बराबरको अवैध जडिबुटीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६ बस्ने ४८ वर्षीय आइतराम तामाङ, ३७ वर्षीय राम बहादुर तामाङ र २४ वर्षीय मिन बहादुर तामाङ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट साथबाट १५ किलो ५ सय ग्राम पाँचऔंले र १३ किलो ४ सय ग्राम निरमसी बरामद गरेको छ ।

बरामद अवैध जडिवुटि अन्दाजी ५४ लाख रुपैयाँ मुल्य बराबरको रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका ३ जनालाई डिभिजन वन कार्यालय लमजुङमा बुझाएको छ ।


  •  
  •  
  •