संखुवासभा हत्याकाण्डः भतिजा नाता पर्ने व्यक्ति पक्राउ

102
  •  
  •  
  •  

काठमाडौं । संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका छ जनाको हत्याको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ।

लोकबहादुरको घरबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बराबद भएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा प्रहरीले आइतार पत्रकार सम्मेलन गर्ने जनाएको छ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले हत्या आरोपमा एक युवालाई पक्राउ गरिएको बताए। उनले केही काम बाँकी रहेकाले आइतबार आरोपितलाई सार्वजनिक गर्दा विस्तृतमा खुलाइने बताए।

संखुवासभा घटनाः दुई बच्चासहित ६ जनाको हत्या(अपडेट)

संखुवासभा सामुहिक हत्या घटना: तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा अनुसन्धान

संखुवासभा घटनाका मृतक ६ जनाकै शव धरान लगियो

 


  •  
  •  
  •