‘क्लब हाउस’मा प्रहरीको फोटो दुरुपयोग गर्ने पक्राउ

131
  •  
  •  
  •  

प्रतिकात्मक तस्बिर

काठमाडौं । सामाजिक सञ्जाल ‘क्लब हाउस’ मा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर, चाँगुनारायण नगरपालिका खरीबोटका २० वर्षीय इसान लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

साईवर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले क्लबहाउसमा प्रहरीको युनिफर्म सहितको फोटो दुरुपयोग गरी ‘वपन सोसल रुम’ बनाएकोमा आरोपमा लामिछानेलाई पक्राउ गरिएको जनाएको छ ।

साथै प्रहरी अधिकृतको नाम लगायतका विवरण समावेश गरी फेक आईटी बनाएर नेपाल प्रहरीका कर्मचारीहरूको छविमा नकारात्मक प्रभाव पार्ने काम गरेको र प्रहरी संगठनको छवि धमिल्याएको जनाएको छ ।

काठमाडौं  जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि लामिछाने माथि अनुसन्धान भइरहेको जनाएको छ।


  •  
  •  
  •