पेस्तोल र थ्रीनट थ्री राइफलको गोलीसहित दुई पक्राउ

58
  •  
  •  
  •  

काठमाडौं । मोरङ केराबारीबाट पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेको छन् । पक्राउ पर्नेमा केराबारी गाउँपालिका-९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन्।

प्रहरीले गणेश लिम्बुको घरबाट प्रहरीले कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको थोली पाँच थान, गोली लोड गर्ने चाचर दुई थान र पेस्तोलको गोली एक थान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार लिम्बुले वन्यजन्तु चोरी सिकारीका लागि हतियार र गोलीको बन्दोबस्त मिलाएको आशंका गरिएको छ। यस्तै, बेलबारीका पदम लिम्बुको को१च ८३६८ नम्बरको कारमा खुकुरी, चक्कु फेला परेको छ।


  •  
  •  
  •