राउटे युवतीलाई रक्सी खुवाएर अश्लील हर्कत गर्ने तीन पक्राउ

164
  •  
  •  
  •  

सुर्खेत । राउटे समुदायका युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुन रहेका छन्।

राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले भिडियो बनाएका थिए। उक्त भिडियो उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका थिए। सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको हाे ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  •  
  •  
  •