बढी मूल्यमा अक्सिमिटर बेचेको आरोपमा पक्राउ

139
  •  
  •  
  •  

काठमाडौं । अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्साबाट एक जना औषधी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

तिवारीलाई घरैबाट शुक्रबार अपरान्ह पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।
तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ।


  •  
  •  
  •