अश्वेत युवामाथि गोली प्रहार गर्ने महिला प्रहरी अधिकारी पक्राउ

78
  •  
  •  
  •  


एजेन्सी । अमेरिकाको मिनेसोटामा अश्वेत युवामाथि पक्राउको क्रममा गोली प्रहार गर्ने श्वेत प्रहरीमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।

मिनेसोटाको ब्रूक्लीन सेन्टरमा आइतबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २० वर्षे युवा डन्टे राइटको उपचारको क्रममा ज्यान गएको थियो ।

राइटलाई गोली प्रहार गर्ने महिला प्रहरी अधिकारी किम पोटरमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेकी पोटरलाई हेनेपिन काउन्टी जेलमा राखिएको छ ।

प्रहरी अधिकारी पोटरले दुर्घटनाबस राइटमाथि गोली प्रहार गरेको बताएकी छन् । टेजरको साटो बन्दुक उठाएकाले राइटको ज्यान जाने दुर्घटना भएको उनले बताएकी छन् ।

हत्या हुनका लागि नियत, योजना वा शक्तिको गैरकानूनी प्रयोग हुनु पर्ने तर पोटरले आफ्नो ड्यूटी निर्वाह गर्ने क्रममा दुर्घटनावस बिना कुनै नियत गोली प्रहार गरेकाले अभियोग सत्य नरहेको उनका वकिलले बताएका छन् ।


  •  
  •  
  •