
काठमाडौं । काठमाडौं टोखा नगरपालिका वडा नं.–७ धापासीबाट एक व्यक्ति संरक्षित वन्यजन्तुको चरिबाघको छाला (आखेटोपहार) सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ फुङ्लिन नगरपालिका वडा नं.–८ का ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले उनलाई धापासीबाट पक्राउ गरेको हो ।
उनको साथबाट संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) २ (दुई) थान बरामद गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका सुनुवारलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाइएको छ ।