सहकारीका कर्मचारीलाई खुकुरी प्रहार गरी लुटपाट गरेको आरोपमा पाँच जना पक्राउ

510
  •  
  •  
  •  


काठमाडौं । खुकुरी प्रहार गरी लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरलाई खुकुरी प्रहार गरी लुटपाट गरेको आरोप छ । १५ पुसमा गजमेरले बजारबाट संकलन गरेर बोकेको एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ उनीहरुको समूहले चाबहिलमा जबरजस्ती लुटपाट गरेको थियो । घटनाबारे अनुसन्धान गर्ने क्रममा लुटपाट गरेर लगिएको नगद, सहकारीका कागज पत्र, झोला र पीडितलाई प्रहार गरिएको खुकुरीसहित चोरीका ४ स्कुटर र एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।


  •  
  •  
  •