महिलाको नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै रकम बार्गेनिङ गर्ने पक्राउ

468
  •  
  •  
  •  

काठमाडौं । पैसा नदिए महिलाको नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै रकम बार्गेनिङ गर्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ घर भइ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार बस्ने वर्ष ३३ को सुमन रेग्मी रहेका छन्।

प्रतिकात्मक तस्बिर

रेग्मीले फेक इमेल आइडी बनाएर परिचित महिला साथी महालक्ष्मी (नाम परिवर्तन) लाई आफूसँग नग्न तस्बिर रहेको भन्दै सो सार्वजनिक नगर्न ७० लाख रुपैयाँ मागेका थिए।

प्रहरीको साइबर ब्यूरोले रेग्मीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यस्तै, सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाइ नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने अर्का व्यक्ति पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको माडि नगरपालिका–६ कल्याणपुर बस्ने वर्ष ३५ का थमबहादुर विश्वकर्मा रहेका छन्। उनीविरुद्ध पनि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

 


  •  
  •  
  •