नक्कली नोट छापेको अभियोगमा एक नेपालीसहित दुई भारतीय पक्राउ

90
  •  
  •  
  •  

काठमाडौं । नेपाली एक हजारका नक्कली नोट छापेको अभियोगमा कञ्चनपुरबाट दुई भारतीयसहित एक नेपाली पक्राउ परेका छन् ।

नक्कली नोट, एक थान ल्यापटप, नोट प्रिन्ट गर्ने मेसिनसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्तहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा र उनकी श्रीमती रितिका बम तथा भीमदत्त नगरपालिका–१८ बस्ने दीपक नाथ रहेका छन् ।

भारतीय नागरिक शर्मा र बम पतिपत्नी हुन्। त्यसैगरी कञ्चनपुर प्रहरीले बेदकोट नगरपालिका–५ पोलखरीमा कात्तिक १९ गते पुष्करसिंह बोहराको घरमा सिआइबीका प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त लाई पनि पक्राउ गरेको छ।

शुक्लाफाँटा नगरपालिका–५ का २६ वर्षीय रवीन्द्र साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। साउदलाई प्रहरी टोलीले बेलौरी नगरपालिका–८ पचुईबाट पक्राउ गरेको हो।


  •  
  •  
  •