सहकर्मीको हत्या गरी फरार अभियुक्त २३ वर्षपछि पक्राउ

70
  •  
  •  
  •  

काठमाडौं । आफ्नै सहकर्मीको हत्या गरी २३ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप खाडदेवी गाउँपालिका ५ स्थायी घर भई हाल ललितपुर महानगरपालिका ५ थसीखेल महालक्ष्मीस्थान बस्दै आएका ध्रुव भन्ने ४७ वर्षका मानकाजी श्रेष्ठ रहेका छन् ।

उनले २०५४/०७/१६ गते काठमाडौं ८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौती घर बताउने अन्दाजी वर्ष १७/१८ को श्याम खड्काको हत्या गरि फरार रहेका थिए ।

फरार रहेका श्रेष्ठको नाममा काठमाडौं जिल्ला अदालतले २०७४/०७/२८ गते वारेण्ट समेत जारी गरेको थियो ।  श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलिले बुधबार ललितपुर महानगरपालिका वडा नं. ५ थसीखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि बुधबार नै जिल्ला अदालतमा पेश गरिएको व्यूरोले जनाएको छ ।


  •  
  •  
  •