सट्टेबाजी गर्ने तीन जना पक्राउ

111
  •  
  •  
  •  

काठमाडौं । आईपीएल क्रिकेटमा सट्टेबाजी गर्दै आएका तीन जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर महानगरपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका वडा नम्वर १६ भट्टीमोड ३७ वर्षीय पुरुषोत्तम साहको घरबाट प्रहरीले तीन जना पक्राउ गरेको जनाइएको छ । साह सहित प्रहरीले ३५ वर्षीय मन्जित साह र २८ वर्षीय अपजर अलीलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले २८ हजार रुपैयाँ समेत बरामद भएको छ ।

नियन्त्रणमा लिई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यसअघि असोज १४ गते विराटनगर १५ र १७ बाट तीन जनालाई सट्टेवाजीका क्रममा पक्राउ गरेको थियो ।


  •  
  •  
  •