काठमाडौं नयाँ बसपार्कबाट नक्कली मह बनाउने गिरोह पक्राउ

74
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं नयाँ बसपार्कस्थित एक होटलबाट नक्कली मह बनाउने गिरोह पक्राउ परेका छन् ।

प्रतिकात्मक तस्बिर

काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी वृत गोंगबुले उक्त गिरोहलाई पक्राउ गरेको हो । सोमबार बिहान महानगरपालिको बजार अनुगमन टोलीले बसपार्कस्थित होटल रेड डाइमण्ड पर्वतको तीनवटा कोठामा चिनी पानी पकाएको खुदोलाई मह भनी राखिएको अवस्थामा भेटाएको हो।

महानगरपालिकाका अनुसन्धान अधिकृत र प्रहरीले होटल मालिकलाई सोधपुछ गरिरहेका छन् भने १२ जनालाई नियन्त्रणमा लिएको छ।

अनुगमन टोलीमा रहेका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार चिनी पानी (खुदो) लाई मह भनी बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। उनीहरुको थप अनुसन्धान भइरहेको तिमल्सिनाले बताए ।


  •  
  •  
  •