ठिमी क्षेत्रका गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित १४ जना पक्राउ

112
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले भक्तपुरको ठिमी क्षेत्रका तीन गेष्ट हाउसमा छापा मारेको छ। महानगरीय वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा छापा मारेको हो।

प्रतिकात्मक तस्बिर

लकडाउन खुलेपछि असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचना पाएको थियो। सोही सूचनाका आधारमा शनिबार वृत्तबाट खटिएको टोलीले तीन वटा गेष्ट हाउसमा छापा मारेको हो ।

प्रहरीले ती गेष्ट हाउसबाट तीन सञ्चालकलाई पनि पक्राउ गरेको छ ।साथै सात जना महिलाहरूलाई पनि पक्राउ गरेको छ। प्रहरीले सुनकोशी गेष्ट हाउस, सनराईज गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको हो।


  •  
  •  
  •