८ किलो अफिमसहित पक्राउ

104
  •  
  •  
  •  

पर्सा । पर्सामा ८ किलो लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका तीनडुवियाका २९ वर्षीय खोवारी प्रसाद रहेका छन् । उनले घरभित्रै अफिम लुकाएको पाइएको प्रहरीले जनाएको छ ।
उनको इलाका प्रहरी कार्यालय पोखरीया पर्सामा राखेर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •