मुख्यमन्त्रीकाे गाडीमा ढुंगा प्रहार गरेको आरोपमा ९ जना नियन्त्रणमा

116
  •  
  •  
  •  

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौंबाट फर्किरहेको मुख्यमन्त्री पोख्रेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिएकाहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेशसभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की पनि पक्राउ गरेका जनाइएको छ ।

प्रहरीले भने ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।
उनीहरुले प्रहार गरेको ढुंगा मुख्यमन्त्री पोखरेल सवार गाडीमा लागेको प्रहरीले जनाएको छ । गाडीमा ढुंगा प्रहार गर्न थालिएपछि प्रहरीले हवाई फाईर समेत गरेको थियो ।


  •  
  •  
  •