ब्रोइलर कुखुराका चल्लालाई लोकल भन्दै बिक्री गर्ने पक्राउ

83
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने पक्राउ परेका छन् ।

प्रतिकात्मक तस्बिर

महानगरीय प्रहरी बृत्त कालीमाटीले ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु भारतीय नागरिक रहेको समेत बृत्तले जनाएको छ ।

सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई पक्राउ गरिएको कालिमाटी बृत्तले जनाएको छ ।

तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराले बताए।

उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्रमा लोकल, गिरिराज, कोईलर भन्दै १० रूपैयाँमा गरिद गरी ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्म विक्री वितरण गर्दै अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •