लागूऔषध अफिमसहित तीन जना पक्राउ

96
  •  
  •  
  •  

काठमाडौं । लागूऔषध अफिमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय पोखराको टोलीले शनिबार पोखराबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पूर्वीरुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१ का ५० वर्षीय ५० गज पुन, सोही ठाउँका ४० वर्षीय चक्कर बहादुर पुन र गोरखाको बारपाक सुलिकोट गाउँपालिका– ६ का २४ वर्षीय रवि गुरुङ छन्।

उनीहरुको साथबाट १० किलो ५ सय ग्राम अफिम र डिजिटल तराजु समेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ।


  •  
  •  
  •