प्याजमा कालोबजारी, दुई होलसेल सञ्चालक पक्राउ

63
  •  
  •  
  •  

काठमाडौं । मनोमानी रुपमा प्याजको बिक्रि गर्ने दुई होलसेल पसलका सञ्चालक पक्राउ परेका छन् । ४८ रुपैयाँमा किनेको प्याज १ सय २० रुपैयाँमा बेच्ने बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। बुधबार बिहान काठमाडौं महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमन गरेको थियो।

अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि व्यापारी सुनिल केसीलाई महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको महानगरपालिकाले जनाएको छ । दुई वटा पसलको गरेर २ सय १९ बोरा प्याज सिल समेत गरिएको छ ।

अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलालाई सिफारिस गरिएको छ।
यसैबीच विभागले कालिमाटी फलफूल तथा तरकारी बजारका ६ जना प्याज व्यापारीलाई कागजपत्र लिएर विभागमा आउन सूचना दिएको छ। बजारमा प्याजको मूल्य एक्कासी बढेपछि विभागले मंगलबारदेखि कालिमाटी तरकारी बजारमा अनुगमन गरेको थियो।

 


  •  
  •  
  •