चितुवाको छालासहित सात जना पक्राउ

88
  •  
  •  
  •  

काठमाडौं । भक्तपुरबाट चितुवाको छालासहित सात जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखा भक्तपुरको संयुक्त टोलीले चाँगुनारायण–८ सुडालबाट चितुवाको छाला र चोरीको मोटरसाइकलसहित सात जनालाई पक्राउ गरेको हो।

प्रतिकात्मक तस्बिर

पक्राउ पर्नेहरूमा भक्तपुरको चाँगुनारायण(८ सुडाल बस्ने कुमार लामा, फुसाङ तामाङ, हिमाल लामा, पासाङ तामाङ, संजिब जाली मगर, दिपेश तामाङ र मिलन मगर रहेका छन्।

उनीहरूको कोठामा खानतलासी गर्दा प्रहरीले खैरो र सेतो रंगको पाटे चितुवाको सुख्खा छाला एक थान र बा ९० प ६५१० नम्बरको चोरीको पल्पर मोटरसाइकलसमेत बरामद गरेको छ।


  •  
  •  
  •