सरकारी छाप कीर्ते र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

178
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले सरकारी छाप कीर्ते र ठगी मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार हुँदै महत फरार हुँदै आएका थिए ।
काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइबीले जनाएको छ ।

उक्त मुद्दामा उच्च अदालतको फैसलाले दुई वर्ष कैद तथा रु.३७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उनी ललितपुरको सातदोबाटोबाट पक्राउ परेको सिआइबीले विज्ञप्तिमार्फत जनाएको छ । महतसमेतका व्यक्तिहरुले लोप्साङ लामा र निजकी श्रीमती च्यूङ्ताङ लामाको नाममा रहेको कठमाडौँ सीतापाईलास्थित कित्ता नम्बर ८१८ को जग्गा मालपोत कार्यालय कलङ्कीका खरिदार भीमबहादुर राईसमेतको मिलोमतोमा सरकारी छाप कीर्ते गरी बिक्री गरेका थिए ।

उनीहरुले काठमाडौँ जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामालगायत अन्य कागजात नक्कली बनाई उक्त जग्गा सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठको नाममा नामसारी गराई कास्कीका प्रवीणमान श्रेष्ठलाई गफलतमा पारी रु.७५ लाखमा बिक्री गरेको जनाइएको छ । सोही कसुरमा संलग्न मालपोत कार्यालय कलङ्कीका भीमबहादुर राईलाई २०७४ सालमा नै पक्राउ गरेको थियो ।


  •  
  •  
  •