ठगी मुद्दामा पक्राउ

184
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले ठगीको मुद्दामा एक व्यक्तिलाई पक्राउ गरेको छ । ठगीको मुद्दा दर्ता भएपछि भागिरहेका झापाको दमक नगरपालिका ७ कृष्णमन्दिरका मनिष अग्रवाल भनेर चिनिने चन्दन जिन्दललाई प्रहरीले पक्राउ गरेको हसो ।

झापा, बारा, पर्सा र सर्लाही बस्ने विभिन्न व्यक्तिहरुलाई विभिन्न बहानामा ठगी गरेर भागिरहेका उनलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिन्दलले झापा, बारा, पर्सा र सर्लाही बस्ने २२ जनासँग सात करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

खाद्यान्न व्यापारीलाई विश्वासमा लिएर उधारोमा खाद्यान्न ल्याइ काठमाडौंका व्यापारीलाई खरिद मूल्यभन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ


  •  
  •  
  •