सुवेदी दम्पति हत्या अभियोगमा १४ वर्षपछि पक्राउ

332
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं सितापाइलामा १४ वर्षअघि एक दम्पत्तिको विभत्स हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्लाही घर भएका जेके भनिने जयकिशोर शाहलाई भारतबाट पक्राउ गरेको हो ।

कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट–८ घर भएका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीलाई धारिलो हतियार प्रहार गरी २० पुस २०६३ मा हत्या गरिएको थियो । सुवेदीकी छोरा विलव सुवेदी पनि घाइते भएका थिए ।

सामान्य विवादमा कामदार जयकिशोर र बाँकेका प्रताप रानाले दम्पत्तिको हत्या गरेर छोरालाई समेत घाइते बनाएको त्यसवेलै खुलेको थियो । यद्यपि, घटनालगत्तै उनीहरु फरार भएर भारतको नखनऊ पुगेपछि पक्राउ पर्न सकेनन् । त्यहाँ दुई वर्षसँगै बसेपछि प्रताप अन्यत्रै गएका थिए ।

‘शाहले भने जय शर्माको नामबाट भारतीय आधारकार्ड लिएर पहिचान बदली बस्दै आएका थिए ।

शाहलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौं बुझाउने तयारी भइरहेको जनाइएको छ ।


  •  
  •  
  •