अवैध रुपमा मृगौला प्रत्यारोपणकाे आरोपमा चिकित्सकसहित चारजना पक्राउ

224
  •  
  •  
  •  

काठमाडौं । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका आरोपमा चितवनस्थित भरतपुर मेडिकल कलेजका चिकित्सकसहित चारजना पक्राउ परेका छन् । उच्च प्रहरीका अनुसार मृगौला प्रत्यारोपण गर्न अनुमति दिन सिफारिस समितिका चारजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चिकित्सक, स्वास्थ्यकर्मी र जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि पनि छन् । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंबाट गएको टोलीले चितवन प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी अधिकारीका अनुसार एक नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको पाइएपछि उनीहरु पक्राउ परेका हुन् ।


  •  
  •  
  •