प्रहरीको मस्टवान्टेड सूचीमा रहेका यादव पक्राउ

219
  •  
  •  
  •  

बाँके । प्रहरीको मस्टवान्टेड सूचीमा रहेका धर्मा सिंह उपनामले चिनिने राजेश यादव पक्राउ परेका छन् । यादव तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वालासिंह समूहका कार्यकर्ता हुन् ।


यादव ज्यान सम्बन्धी कसुर, अपहरण तथा शरीर बन्धक, हात हतियार खरखजाना, विष्फोटकलगायत नौ वटा मुद्दाका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

उनलाई तरबार, चक्कुससहित वनकट्टीबाट आज बिहान बाँकेबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी लामो समयदेखि भारतमा लुकेर बस्दै आएका थिए ।


  •  
  •  
  •