हिरा लुटपाटको आरोपमा प्रहरीसहित पत्रकार पक्राउ

62
  •  
  •  
  •  

काठमाडौं । मकवानपुर प्रहरीले लुटपाटको आरोपमा तीन प्रहरी र एक पत्रकारलाई पक्राउ गरेको छ।

पक्राउ परेका तीनै जना प्रहरी महानगरीय प्रहरी वृत दरबारमार्गमा दरबन्दी भएका हुन्। पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बेसेल तथा प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुन मगर र पत्रकार सुजन आचार्य रहेको मकवानपुर प्रहरीले जनाएको छ। उनिहरु हिरा लुटपाट गर्नेक्रममा पक्राउ परेको प्रहरीको दावी छ।


  •  
  •  
  •