१९ तोला सुनसहित पक्राउ

67
  •  
  •  
  •  

लहान । प्रहरीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर

पक्राउ पर्नेमा लहान नगरपालिका– १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजा रहेका छन् ।

प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प २६३२ नम्बरको मोटरसाइकललाई चेक गर्दा दुबैको साथबाट सुनको चार वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइछिपाइ राखेको करिब रु १५ लाख ५८ हजार मूल्य बराबरको अवैध सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेको सुनसहित दुबैमाथि कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माड्रमा बुझाइने प्रहरीले जनाएको छ ।


  •  
  •  
  •