रेड पाण्डा ‘हाब्रे’ को छालासहित चार जना पक्राउ

71
  •  
  •  
  •  

काठमाडौं । दुर्लभ वन्यजन्तु रेड पाण्डा ‘हाब्रे’ को छालासहित चार जना पक्राउ परेका छन् । प्रहरीले सोमबार काठमाडौं बूढानीलकण्ठ नगरपालिका १२ कपनको खरिबोटबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, काठमाडौंकी कमला तामाङ र कास्कीका युवराज सापकोट रहेका छन् ।

प्रहरीले पक्राउ परेकामध्ये सूर्यबहादुर भुजेलले पछाडि बोकेको कालो रङ्गको झोलाभित्र निलो प्लास्टिकमा बेरेर राखेको अवस्थामा रेड पाण्डाको छाला एक थान बरामद गरेको हो ।


  •  
  •  
  •