नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जना पक्राउ

53
  •  
  •  
  •  

धनगढी । प्रहरीले धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ घर भई हाल धनगढी उप–महानगरपालिका वडा नम्वर ७ मनहेरा बस्ने ३२ वषीर्य शनम भण्डारी, धनगढी उपमहानगरपालीका वडा नम्बर ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कन्चनपुर पुनर्वास नगरपालिका वडा नम्वर ५ घर भई हाल धनगढी उप महानगरपालीका वडा नम्वर १ बस्ने ३३ वर्षीय किशन सिजापती रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार माघ २ गते धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बडहरा घर भइ मिलनचोक स्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा, साईकल मर्मत पसलबाट उनीहरुले रकम असुली गरेका थिए ।

शर्मालाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरीको हो र आफूहरु जिल्ला प्रहरी कार्यालयबाट आएका हौँ भन्दै तीन जनाले दुई हजार पाँच सय रकम असुली गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


  •  
  •  
  •