२१ तोला सुनसहित पक्राउ

54
  •  
  •  
  •  

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका ८ बाट सशस्त्र प्रहरीले २१ तोला सुनसहित एक युवकलाई पक्राउ नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बीओपी मटिहानीले जनाएको छ ।

१६ लाख २४ हजार ६ सय ६ रुपैयाँ बराबरको स्रोत नखुलेको परिमाणको सुन बा १२ प ५०७६ नम्बरको कारमा राखि नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा आइतबार राति ती युवक पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बीओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका ८ को सडकबाट आइतबार राति जाँच गर्दा युवक महतो सुनसहित पक्राउ परेका हुन् ।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारबाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मुल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको जनाइएको छ ।


  •  
  •  
  •