२९ राउण्ड गोलीसहित विमानस्थलबाट एक जना पक्राउ

356
  •  
  •  
  •  

कास्की । प्रहरीले पोखरा विमानस्थलमा २९ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
गोली लिएर यति एयरलाइन्सको विमानमा चढ्न लागेका पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीसंग २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोली भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाका अनुसार पोखराबाट काठमाडौं उड्न लागेका शाहीलाई विमानस्थलमा चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।


  •  
  •  
  •