यि हुन् सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो बनाएको आरोपमा परेका युवक ?

59
  •  
  •  
  •  

काठमाडौं । सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा भाईरल बनाएको आरोपमा पक्राउ परेका एक युवकलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

२०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक संजाल वमेन वर्रिवर नामक आधिकारीक पेज र पोर्न साइडमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट प्राविधिक विश्लेषणको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तनहुँ अरुणोदय घर भई हाल चितवन भरतपुर उपमहानगरपालिका विकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाल रहेका छन् ।

उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा पक्राउ गरेको हो ।
पक्राउ परेकाको थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

रुचाल करिब ३ वर्ष अगाडिदेखि काठमाडौं बानेश्वरमा डेरा गरी रिक्सा चलाउने काम गरी बस्दै आएको प्रहरीले जनाएको छ ।
अश्लिल भिडियो सामाजिक संजालमा भाईरल भएपछि निजलाई सामाजिक संजाल प्रयोगकर्ताले सामाजिक संजालमै गालीगलौज गरेपछि काठमाडौंबाट २०१९ फेबु्रअरीमा भगेर भारतको दिल्ली तर्फ गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनी दिल्लीमा करिब ३ महिना मोमो फ्याक्ट्रिमा काम गर्दै आएका थिए । त्यसपछि उनी दिल्लीबाट कास्मिर गई करिव ४ महिना बसेको प्रहरीले जनाएको छ ।

उनी करिव २/३ महिना अगाडी भारतको दिल्लीबाट पुनः चितवनस्थित आफ्नै घरमा आई बसेका थिए ।
प्राविधिक अनुसन्धानबाट घटनासँग सम्बधित च्याट, फेसबुकमा पोष्ट र म्यासेज समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सार्कीले विभिन्न ग्रुपहरु बनाई यस्ता अश्लिल भिडियोहरु अपलोड गरी भियोरको आधारमा पैसा संकलन गर्ने उद्देश्य राखेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ । कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।


  •  
  •  
  •