सार्वजनिक बसमा अश्लील हर्कत गर्ने युवक पक्राउ

85
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको एक सार्वजनिक बसमा हस्तमैथुनसहित अश्लील हर्कत गर्ने युवक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको अपराध महाशाखाले ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवा परिचय नाम सार्वजनिक गरिएको छैन ।  लामो अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको महाशाखाले जनाएको छ । युवकलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।

गत वर्ष युवकले बसमा हस्तमैथुन गरी एक महिला यात्रुको कपालमा बीर्य पतन गरिदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोलाई लिएर सर्वसाधरणले आक्रोश पोख्न थालेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।


  •  
  •  
  •