लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने पक्राउ

102
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै रकम दिने एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई एकान्तकुनाबाट पक्राउ गरेको हो ।

महाशाखाका अनुसार पाँच हजार लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको हो । पक्राउ परेका बस्नेतले धनुषाका २६ वर्षीय अमित शाहसँग चालक अनुमतिपत्र बनाइदिने भन्दै रकम लिएका थिए ।

पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।


  •  
  •  
  •