नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

583
  •  
  •  
  •  

काठमाडौं । तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई पक्राउ गरेको हो ।

नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई शुक्रबार बिहान गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।


  •  
  •  
  •