कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार व्यक्ति पक्राउ

567
  •  
  •  
  •  

काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड रुपैयाँ निकालेर फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाल रहेका छन् ।  भारतीय र नाइजेरियाका नागरिकहरुसँग मिलेर उनले भारतको मुम्बईमा बसेर नेपालका बैंकहरुको सिस्टम ह्याक गरेर रकम निकाल्दै आएको बताइएको छ ।

उनले पाँच अर्बभन्दा बढी रकम निकाल्ने योजना बनाएको प्रहरीले जनाएको छ । नेपालका बारेमा महानगरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ । कृषि विकास बैंकको रकम लुटिएको प्रकरणमा यसअघिपनि प्रहरीले १ दर्जन भन्दा बढीलाई पक्राउ गरेको थियो ।

बैंकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेको फेला परेपछि प्रहरीले यसवारेमा अनुसन्धान शुरु गरेको थियो ।


  •  
  •  
  •